मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बजेटमा पथलैया–नारायणगढ सडक विस्तार योजना

ratopati.com · Mon Jun 05 06:00:00 GMT 2023

मकवानपुर । सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया–नारायणगढ सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गरेको छ । उक्त सडक खण्ड अन्तर्गतको पथलैया–नारायणगढ सडक विस्तार कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी सरकारले बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तर्जुमा गरेको बजेटमा पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिने र सो राजमार्ग अन्तर्गत कमला–ढल्केवर–पथलैया, बुटवल–गोरुसिङ्गे, काँकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ्ग सडकखण्डको स्तरोन्नति सुरु गर्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)