फ्लाईदुबई जहाज प्रकरण: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?
canadanepal.com · Sun Oct 04 04:48:18 GMT 2026

काठमाडौं - फ्लाई दुबईका एक सह-पाइलटले यात्रुवाहक विमान दुर्घटना गराउने हिंसक प्रयास गरेको र यात्रु तथा चालक दलका अन्य सदस्यहरूले उनलाई नियन्त्रणमा लिएको केही दिन बितिसक्दा पनि उनको उद्देश्यबारे प्रश्नहरू उठिरहेका छन्। उनीसँग हाल संयुक्त अरब इमिरेट्समा सोधपुछ भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार बुधबार दुबईबाट तेल अवीवका लागि उडेको विमान इजरायल नजिक पुग्दै गर्दा सह-पाइलटले ककपिटमा रहेको आपतकालीन बन्चरो र छुरा प्रयोग गरी विमानका क्याप्टेनमाथि आक्रमण गर्नुका साथै विमान दुर्घटना गराउने प्रयास गरेका थिए। क्याप्टेनले ककपिटको ढोका खोल्न मिल्ने गरी सह-पाइलटलाई केही समय रोक्न र प्रतिवाद गर्न सफल भए। लगत्तै यात्रुहरूले सह-पाइलटलाई नियन्त्रणमा लिए। त्यसपछि सोही उडानमा रहेका दुई जना 'अफ-ड्युटी' (ड्युटीमा नरहेका) पाइलटले विमानको नियन्त्रण सम्हाल्दै साउदी अरबको ताबुकमा आपतकालीन अवतरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)