अस्ट्रेलियामा घडी एक घण्टा अगाडि, नेपालसँगको समय अन्तर बढ्यो
kendrabindu.com · Sun Oct 04 04:50:30 GMT 2026

क्यानबेरा । अस्ट्रेलियाका पाँच राज्य तथा क्षेत्रमा आइतबारदेखि डेलाइट सेभिङ सुरु भएको छ। न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान २ बजे घडी एक घण्टा अगाडि सारेर ३ बजे बनाइएको हो।
डेलाइट सेभिङ सुरु भएसँगै सिड्नी, मेलबर्न, क्यानबेरा र होबार्टमा नेपालभन्दा ५ घण्टा १५ मिनेट अगाडि समय भएको छ। यसअघि यी सहर नेपालभन्दा ४ घण्टा १५ मिनेट अगाडि थिए। एडिलेडमा भने नेपालभन्दा ४ घण्टा ४५ मिनेट अगाडि समय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)