दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सरुवा, किन जेल परिवर्तन गरियो ?
aarthiknews.com

काठमाडौं । कारागार व्यवस्थापन विभागले नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरेको छ। विभागले शनिबार पठाएको पत्रका आधारमा नख्खु कारागार प्रशासनले भट्टलाई शनिबार साँझ नै सिन्धुपाल्चोक पठाएको हो।
नख्खु कारागारले विभागबाट सरुवासम्बन्धी पत्र प्राप्त भएपछि भट्टलाई सिन्धुपाल्चोक पठाइएको पुष्टि गरेका छन्। उनका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई एउटा कारागारबाट अर्को कारागारमा स्थानान्तरण गर्नु नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत पर्ने विषय हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)