मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

reportersnepal.com · Sun Oct 04 05:07:50 GMT 2026

पाँचथर, १८ असोज । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।

फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनस्र्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)