साउदीको अरामकोमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी
arthasansar.com · Sun Oct 04 05:13:42 GMT 2026

यमनका हुथी विद्रोहीहरुले साउदी राजधानी रियादमा रहेको अरामको तेल रिफाइनरीमा आक्रमण गरेको दाबी गरेका छन्। समाचार एजेन्सीहरुले आक्रमणमा हुथीहरुले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको उल्लेख गरेका छन्। हुथीहरुले साउदी अरेबियाको साना र यमनका अन्य क्षेत्रहरुमा भएको आक्रमणको बदलामा यो आक्रमण भएको बताएका छन्।
यसअघि एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार शनिबार बिहान रियादमा रहेको अरामको तेल सुविधा नजिकै धुँवा र आगो देखिएको थियो। साउदी अरेबियाका अधिकारीहरुले अझैसम्म अरामकोको तेल सुविधामा आक्रमणको पुष्टि गरेका छैनन्। अरामकोले पनि कुनै प्रतिक्रिया दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)