पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
gorkhapatraonline.com · Sun Oct 04 05:24:49 GMT 2026

बाढीपहिरोका कारण पर्वतमा ३०० परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका एक सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक सय ३१ घरमा आंशिक क्षति पुगेको छ ।
जिल्लाका सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्ती बाढीपहिरोबाट प्रभावित भएका छन् । सबैभन्दा बढी जलजला गाउँपालिका प्रभावित भएको छ । जलजलामा ११३ घरमा क्षति पुगेको छ भने ५८ घर पहिरोको जोखिममा छन् । सो गाउँपालिकाका १७१ परिवार विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)