मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

reportersnepal.com · Sun Oct 04 05:29:04 GMT 2026

पाँचथर, १८ असोज । तीन वर्षअघि बाढीपहिरोले पुर्‍याएको क्षति बिर्सिन नपाउँदै फेरि उस्तै विपद् दोहोरिएपछि पाँचथरको याङवरक गाउँपालिका–१ का स्थानीयवासी त्रासमा बाँचिरहेका छन्।

२०७९/८० को वर्षायाममा बाढीपहिरोले घर, गोठ, सडक, पुल, झोलुङ्गे पुलसहितका भौतिक संरचना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्‍याएको थियो। मुरुङ्गा, मेवा, लम्बाखोलालगायत खोला तथा खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा र बिरुवा बस्ती प्रभावित भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)