मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँको उत्पादन बजारसम्म पुर्‍याउनै सकस

barnanmedia.com · Sun Oct 04 05:27:10 GMT 2026

चाडपर्व नजिकिँदै गए पनि बर्सातका कारण अवरुद्ध भएका ग्रामीण सडक समयमै मर्मत हुन नसक्दा बैतडीका ग्रामीण भेगका किसानले उत्पादन बजारसम्म पुर्‍याउन समस्या झेल्नु परेको छ । सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य कृषि उपज बारीबाट बजारसम्म पुर्‍याउन नसकिएको किसानले बताएका छन् ।

बारीमा उत्पादन भएका बन्दा, काउली, काँक्रो, फर्सी, पिँडालुलगायतका कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको पुर्चौडी नगरपालिका–२ का किसान प्रेमबहादुर बमले जानकारी दिनुभयो । सडकको अवस्था सुधार नहुँदा उत्पादन ढुवानी गर्न कठिन भएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)