हिरासतमा शिल्पाका पति
annapurnapost.com · Wed Jul 21 06:23:00 GMT 2021
मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन्। उनलाई सोमबार राति मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको हो। लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लील चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको हो। राजलाई मुख्य आरोपी मान्दै पक्राउ गरिएको प्रहरीले जनाइएको छ।
यही वर्षको फेब्रुअरीमा अश्लील चलचित्र बनाउने र त्यसलाई एपमार्फत सार्वजनिक गरेको विषयमा प्रहरीमा उजुरी परेको थियो। यस विषयमा छानविन गर्दा राज कुन्द्रा मुख्य दोषी पाइएको मुम्बई प्रहरीले जनाएको छ। मुम्बई प्रहरीका अनुसार राजका विरुद्ध प्रहरीसँग पर्याप्त सबुत रहेको जनाइएको छ। उनलाई अदालतले शुक्रबारसम्म थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)