कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित
reportersnepal.com · Sun Oct 04 05:37:48 GMT 2026

घोराही (दाङ), १८ असोज । घोराही उपमहानगरपालिका–१४ की सरिता केसी ताजा सागसब्जी तथा फलफूल खरिद गर्न बिहानै घोराही–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र पुग्छिन्।
कृषि उपज बिक्री केन्द्रमा ताजा सागसब्जी सस्तोमा पाइने भएकाले दैनिक त्यहाँ जाने गरेको उनी बताउँछिन्। “अन्यत्र किनमेल गर्दा ताजा नपाइने र महँगो पनि पर्ने भएकाले हरेक दिन बिहान यहाँ सागसब्जी लिन आउने गरेकी छु,” उनले भनिन्, “कृषि उपज केन्द्रले हामी जस्ता विद्यार्थी र मेहनत गर्ने किसान दुवैलाई सहज बनाएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)