अर्थतन्त्रलाई गतिशील बनाउन के छन् चुनौतीहरु ?
ajakoartha.com · Sun Oct 04 05:44:00 GMT 2026

काठमाडौं - केही दशक यता भएका विभिन्न घटनाक्रमले अर्थतन्त्रमा गम्भीर असर पारेको छ । कोभिड, भुकम्प र भदौ २४ को विध्ष्ंशले थिलथिलो भएको अर्थतन्त्रलाई भोटेकोशीमा आएको बाढीले अर्को क्षति पुर्यायो । त्यसै पनि सुस्त बन्दै गएको अर्थतन्त्र,अकासिँदो महँगी र बजारमा कमजोर बन्दै गएको तरलताका बीच अहिले जटिल मोडमा उभिएको छ। उत्पादन बढाउन,नयाँ रोजगारीका अवसर सिर्जना गर्न र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो मात्रामा वैदेशिक प्रत्यक्ष लगानी को आवश्यकता छ। तर, वास्तविकता भने प्रतिबद्धताको ठूलो तथ्याङ्क र निराशाजनक वास्तविक आगमनको अन्तरभित्रै जेलिएको छ।
नेपाल राष्ट्र बैंक तथा केयर एज रेटिङ्स नेपालका तथ्याङ्कहरूलाई केलाउँदा सरकारले स्वीकृति दिएका विदेशी लगानीका आयोजना र तिनको वास्तविक कार्यान्वयनबीच विशाल दूरी देखिन्छ। २०५३ सालदेखि २०८१/८२ को अन्त्यसम्म कुल ५ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएकोमा जम्मा २९.६ प्रतिशत (१ खर्ब ८० अर्ब ९० करोड) मात्रै नेपाल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को स्थिति झनै कमजोर रह्यो, जहाँ प्रतिबद्धताको तुलनामा जम्मा ११ प्रतिशत लगानी मात्र भित्रियो -जुन दीर्घकालीन औसतको तुलनामा निकै थोरै हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)