सिक्किमसहितको उत्तर बंगाल राज्यको प्रस्ताव कसरी आयो ? (भिडियो रिपोर्ट)
ratopati.com · Sun Oct 04 05:57:00 GMT 2026

काठमाडौँ । सिक्किम र दार्जीलिङ नेपालीका लागि नौला ठाउँ होइनन् । सिक्किम भारतको एक राज्य, दार्जीलिङ भारतको पश्चिम बंगाल राज्यको एक सहर, एक जिल्ला पनि । यसबाहेक अरू कुरामा यी दुई ठाउँका धेरै समानता छन् । नेपालीभाषी बहुल, संस्कृति र भेषभूषामा करिब उस्तै उस्तै ।
खासगरी दार्जीलिङ, कालिम्पोङ र डुवर्समा एउटा कुराको चर्चा हामीले लामो समयदेखि सुनिरहेका छौँ- छुट्टै गोर्खाल्यान्ड राज्यको माग । यो माग कहिले उत्कर्षमै पुग्न खोज्छ त, कहिले एकाएक सेलाउँछ । यसपटक गोर्खाल्यान्ड भन्दा पनि अघि बढेर दार्जीलिङ, कालिम्पोङ, डुवर्स मात्रै होइन, सिक्किमलाई समेत जोडेर छुट्टै उत्तर बंगाल राज्य बनाउनुपर्ने प्रस्ताव गरिएको भन्न चर्चाले त्यहाँको राजनीतिमा तरंग ल्याएको छ । किन त ? भिडियोमा हेर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)