इंग्लिस प्रिमियर लिग : हालान्डको लगातार दोस्रो ह्याट्रिक
ekantipur.com · Sat Aug 31 23:35:47 UTC 2024
काठमाडौँ — इर्लिङ हालान्डको लगातार दोस्रो ह्याट्रिकको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ । नर्वेली खेलाडीले खेलको १०, ३० र ८३ औं मिनेटमा गोल गरे ।
वेस्ट ह्यामबाट सम्भव भएको एक गोल पछि रुबेन डियासको नाममा आत्मघाती रह्यो । इपस्विच टाउनविरुद्धको लिगको पछिल्लो खेलमा पनि हालान्डले ह्याट्रिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)