मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थाल्यो

Ujyaaloonline.com · Sun Jul 25 00:02:51 GMT 2021

म्याग्दी - पहिरोले थुनिएको म्याग्दीको गुर्जा खोलामा बिस्तारै पानी बग्न थालेको छ । थुनिएको खोलामा थोरै पहिरो हटाएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा पर्ने खास्टा पहाडबाट पहिरो खसेर गुर्जाखोला थुनिएको थियो ।

गुर्जाखोला म्याग्दी खोलामा मिसिने भएकाले पहिरो खसेर खोला थुनिएपछि हिजो माइकिङ्ग गरी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । खोला बग्न थालेपछि जोखिम कम भएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)