नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
baahrakhari.com · Sun Oct 04 06:17:18 GMT 2026

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४, पिधरीस्थित होङ्सी–दुम्कीबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५४ वर्षीय ओमबहादुर पल्ली मगर छन् ।
पिधरीबाट दुम्कीबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर सडकको बायाँतर्फ रहेको माटोको ढिस्कोमा ठोक्किँदा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)