सांग्रिला मोटर्सले भित्र्यायो लिपमोटर B03X; ५०५ किलोमिटर रेन्ज दिने प्रिमियम ईभी छिट्टै लन्च हुने
ratopati.com · Mon Aug 03 11:18:37 GMT 2026

काठमाडौं । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिक एसयूभी 'लिपमोटर B03X' आधिकारिक रूपमा नेपाल भित्र्याएको छ। 'इन्टेलिजेन्ट अर्बन मोबिलिटी' को आधुनिक अवधारणामा आधारित यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष समारोहका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको लिपमोटर B03X मा दैनिक व्यवहारिकता र उच्चस्तरीय प्रविधिको उत्कृष्ट संयोजन पाइन्छ। यस एसयूभीमा १४५ किलोवाटको शक्तिशाली मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा ५०५ किलोमिटरसम्मको प्रभावकारी रेन्ज प्रदान गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)