निगमको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस
ratopati.com · Mon Aug 03 11:27:22 GMT 2026

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार सिफारिसमा पर्ने उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन् । सिफारिस समितिको साउन १७ गते बसेको बैठकले सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमका आधारमा सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)