अनधिकृत गतिविधि र भेलामा सहभागी नहुन तरुण दलको निर्देशन
ratopati.com · Mon Aug 03 11:39:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पार्टीको नीति, नियम र पद्धति विपरीत हुने कुनै पनि अनधिकृत गतिविधिमा सहभागी नहुन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संस्थागत अनुशासन उल्लङ्घन नगर्न निर्देशन दिँदै गरेका कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।
‘दलले निर्दिष्ट गरेका विचार, कार्यक्रम र योजनाबाट स्खलित भएका व्यक्तिहरूले भ्रम सिर्जना गर्ने उद्देश्यले दलको नाममा कुनै पनि अनधिकृत कार्य नगर्न नगराउन सबैलाई सचेत गराइन्छ,’ अध्यक्ष कोइरालाले विज्ञप्तिमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)