गणेश नेपाली मृत्यु घटना : छानबिन समितिले सरकारलाई गरेको चार सिफारिस
ratopati.com · Mon Aug 03 11:44:20 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आफैँलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा गरेको छ । मन्त्रिपरिषद्ले गत साउन ३ गते उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा सो समिति गठन गरेको थियो । समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको छ ।
समितिले मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको छ। साउन १३ गते मुख्यसचिवलाई प्रतिवेदन हस्तान्तरण गरिएको समितिका संयोजक पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाले बताए । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि असार २५ गते शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)