मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, पूर्वअध्यक्षसहित पदाधिकारीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
aarthiknews.com

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखापरीक्षकहरूसहित सम्बन्धित व्यक्तिविरुद्ध ३९ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म वन समूहको आम्दानी रकम झाडी सफाइ, अग्नि रेखा निर्माण, खरघाँस तथा वृक्षरोपण, वनहेरालुको तलब, भैंसी तथा बाख्रापालन, डढेलो नियन्त्रण, मौरीघारलगायतका शीर्षकमा खर्च भएको देखाउन नक्कली बिल तथा भरपाइ तयार गरी लेखापरीक्षण प्रतिवेदनसमेत बनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)