हिजो के भएको हो सुस्तामा ?
nepalviews.com · Mon Aug 03 03:50:19 GMT 2026

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको सम्भावित बाढी रोक्न स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीयपक्षले भत्काएपछि शनिबार तनाव उत्पन्न भएको छ । घटनाका क्रममा स्थानीयले विरोध जनाउँदा केही व्यक्ति सामान्य घाइते भएको जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार सुस्ता नेपाल–भारतबीच सीमांकन हुन बाँकी रहेको विवादित क्षेत्र हो । दुवै देशबीच सीमांकन सम्पन्न नहुँदासम्म यथास्थिति (स्टाटस–को) कायम राख्ने सहमति रहेकाले दुवै पक्षले आ–आफ्नो दाबी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)