चालु आवमा सरकारले ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने, यस्तो ऋण उठाउने तालिका
arthasansar.com · Mon Aug 03 11:27:48 GMT 2026

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने भएको छ । यो सँगै वार्षिक निष्कासन तालिका सार्वजनिक गरिएको छ । वार्षिक ऋण योजनाअनुसार सरकारले विभिन्न अवधिका ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र जारी गरी आन्तरिक ऋण उठाउने भएको हो । सार्वजनिक गरिएको तालिकामा कुन मितिमा कति रकमको कुन प्रकारको ऋण उपकरण निष्कासन गरिनेछ भन्ने विवरण समावेश गरिएको सार्वजनिक ऋण तथा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
सरकारले वर्षभरि ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ। जसअनुरुप पहिलो त्रैमासिक (साउन–असोज) मा १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । यसमध्ये ९१ दिने र १८२ दिने ट्रेजरी बिलबाट ५–५ अर्ब रुपैयाँ गरी कुल १० अर्ब संकलन गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)