मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्मीलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा

rajdhanidaily.com · Tue Apr 02 23:31:18 UTC 2024

कपिलवस्तु । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा मंगलबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ –४ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको सुरुवात बाटै दवाब श्रीजना गरेको सुदूरपश्चिम–११ ले निर्घारित समयमा भने गोल गर्न सकेन। त्यसपछि खेलको छिनोफानो टाई ब्रेकरबाट गरिएको हो। योसँगै सुदूरले फाइनल प्रवेशका लागि हनामी बीएफसीसँग खेल्ने छ। खेलको म्यान अफ दी म्याच सुदूरका गोलरक्षक दीपक बोहरा भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)