चुरेकोको विनाले तराई मधेसमा पानीको हाहाकार ईनार सुके, चापाकलमा पानी आउँदैन्–प्रभु साह
rajdhanidaily.com · Tue Apr 02 23:35:06 UTC 2024
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले चुरे संरक्षणको नाममा अर्बौ रकम लुटिने र बाँडफाँडमै सकिने बताएका छन् । चुरेको विनाशले आज हाराभारा तराई मधेसका जिल्लाहरु मरुभूमी भईरहेको उनले बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका साहले चुरेकोको विनाले तराई मधेसमा पानीको हाहाकार भईरहेको बताए । उनले मौसम परिवर्तनको कारण तराई÷मधेशमा पानीको सतह सुक्दै गएको बताए । साहले अवैध उत्खनन अहिलेपनि जारी रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकार्षण गराए । अहिले तराई मधेसको पर्यावरण पनि तहसनहस र बिग्रिएको साहको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)