नर्थ लन्डन डर्बीमा टोटेनह्याममाथि आर्सनलको सहज जित
baahrakhari.com · Sun Sep 26 17:49:00 GMT 2021
काठमाडौं । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको आर्सनलले आज इङ्लिस प्रिमियर लिगको नर्थ लन्डन डर्बीमा टोटनह्याममाथि ३–१ को सहज विजय हासिल गरेको छ ।
घरेलु मैदान इमिरेट्स रंशगालामा आर्सनलले पहिलो हाफमै तीन शून्यको अग्रता लिएको थियो । घरेलुले इमिल स्मिथ–रोवेको गोलबाट अग्रता लिएको थियो । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । स्मिथ–रोवेको पासमा पिइरे इमेरिक–औबमेयाङले २७औँ मिनेटमा अग्रता दोब्बर बनाए । साकाले ३४औँ मिनेटमा आफैँले गोल गर्दै आर्सनलको अग्रता बढाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)