मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु

nagariknews.nagariknetwork.com · Sun Oct 04 06:22:38 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर चालक स्थानीय ४५ वर्षीय ओमबहादुर पल्ली मगरले नियन्त्रण गुमाई सडकको बायाँ साइडमा रहेको माटोको ढिस्कोमा ठोक्किँदा सडकमा खसी घाइते भएका थिए। उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)