मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एक जितले नेपाल सेमिफाइनलमा

nayapatrikadaily.com · Thu Jun 29 00:34:00 GMT 2023

नेपाली युवा क्रिकेट टोली एक जितका साथ एसिसी यू–१६ पुरुष इस्टर्न रिजन कप २०२३ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा बुधबारदेखि भएको प्रतियोगितामा नेपालले थाइल्यान्डमाथि दुई सय २५ रनको फराकिलो अन्तरले जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो ।

नेपाली युवा खेलाडीले बलिङ र ब्याटिङमा सानदार प्रदर्शन गरे । समूह ‘ए’बाट नेपाल एक खेलअगाडि नै अन्तिम चारमा पुगेको हो । यस समूहमा मलेसियाले पनि दुई अंक जोडेको छ । लगातार दुई खेलमा पराजित थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार नेपालले मलेसियाविरुद्ध खेल्नेछ । यस खेलको विजयी टोली समूहविजेता बन्नेछ । नेपाल प्रतियोगिताको साबिक दुईपटकको विजेता हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)