बागमतीका पदक विजेतालाई १ लाख पुरस्कार
newsofnepal.com · Sun Oct 04 06:46:00 GMT 2026
हेटौंडा, (नेस) ।
बागमती प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को शनिबार बसेको २६ औं विस्तारित बोर्ड बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ७५ हजार र कास्यलाई ५० हजार रुपियाँ दिने निर्णय गरेको हो । दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)