स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
gorkhapatraonline.com · Sun Oct 04 06:50:39 GMT 2026

म्याड्रिड, अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन् । कातालोनियामा बाढी सम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ ।
अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ । मौसमविदले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन् । केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपतकालीन सूचना पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)