मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रकाशकीय : निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन 

ekantipur.com · Sat Feb 19 00:53:49 GMT 2022

आजबाट हामी २९ वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेका छौं । कान्तिपुर पब्लिकेसन्सको वार्षिकोत्सवका अवसरमा म सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छु ।

२०४६ सालपछिको खुला परिवेशसँगै व्यावसायिक पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरूप कान्तिपुरको आरम्भ भएको थियो । यो यात्राले अहिले तीन दशक पूरा गर्न लागेको छ । यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका हौं । चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियतिजस्तो बनेको छ । निर्भीक पत्रकारितामा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)