कमेडी शो ‘हल्ला खल्ला’ ल्याउदै हिमेश र सुनिल
ratopati.com · Sun Oct 04 06:55:24 GMT 2026

काठमाडौं । कमेडी च्याम्पियनका विजेता हिमेश पन्त र सुनिल खड्काको नयाँ कमेडी टक शो मार्फत दर्शकमाझ आउने भएका छन् । उनीहरुले ‘हल्ला खल्ला विथ हिमेश’ नामक शो ल्याउन लागेका हुन् ।
लामो समयपछि कमेडीमा पुनरागमन गर्न लागेका हिमेश र सुनिलले यसै कार्यक्रममार्फत दर्शकमाझ नयाँ शैलीको मनोरञ्जन प्रस्तुत दिने बताइएको छ । हिमेश पन्त कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन्, भने सुनिल खड्का तेस्रो सिजनका विजेता हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)