मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

nepalnews.com · Sun Oct 04 06:55:13 GMT 2026

मुस्ताङ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भनिन्, “चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनु भएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन।”

उनी तीन दिने भ्रमणमा लोमान्थाङ पुगेको, टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)