मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापासँगको तस्बिर सार्वजनिक गर्दै हमालले भने- ‘कांग्रेस महाधिवेशनले युवाको वर्चस्व कायम गरोस्’

kalakarmi.com · Sun Oct 04 06:59:45 GMT 2026

काठमाडौं- जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन् ।

हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाट बाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा सफल होस्। सभापति गगन थापाज्यू लगायत सम्पूर्ण कांग्रेसजनमा शुभकामना । महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)