रिलिज रोकिएका दुई चलचित्र एकै मितिमा भिड्दै
rajdhanidaily.com · Sun Apr 16 23:22:30 GMT 2023
काठमाडौं । नयाँ वर्षको अवसर पारेर १ वैशाखमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘नाई नभन्नु ल ६’ रिलिज हुन सकेन । निर्माण पक्षसँग अर्को पक्षले यो चलचित्रको आर्थिक लेनदेनमा समस्या देखाउँदै चलचित्र विकास बोर्डमा सेन्सर सिफारिस रोक्न उजुरी दिएपछि यो चलचित्रको समयमै सेन्सर हुन सकेन । सोही कारण यो चलचित्र १ वैशाखमा रिलिज हुन सकेन ।
चलचित्र नाई नभन्नु ल ६ मात्र हैन अर्को चलचित्र ‘प्रसाद–२’ पनि तोकिएको समयमा रिलिज हुन सकेन । यो चलचित्रमा आर्थिक लेनदेनको समस्याले रिलिज हुन नसकेको हो । चलचित्र प्रसाद २ को रिलिज मिति २४ चैत तोकिएको थियो । सो मितिमा सिनेमाका प्रदर्शन रोक्न प्रसाद २ मा लगानी गरेका केशव पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए । सोही कारण अदालतबाट यो चलचित्र रोक्नका लागि स्टे अडर आएपछि २४ चैतमा चलचित्र प्रसाद २ रिलिज हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)