गणतन्त्र दिवसमा ८१८ कैदी छाड्ने तयारी
nayapatrikadaily.com · Sat May 28 00:20:00 GMT 2022
गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने सरकारको निर्णय छ ।
गृह मन्त्रालयले उनीहरूको कैद मिनाहाको प्रक्रिया अघि बढाइसकेको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान गरेकालाई मात्र बाँकी सजाय मिनाहा गरिएकोमा यसपटक सर्वाेच्च अदालतको फैसलाका आधारमा ६० प्रतिशतसम्म कैद छुट दिन लागिएको हो । कानुनअनुसार कैदीले पाउने कैद मिनाहाको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)