सूर्य नेपाल भेन्चर्सद्वारा नेपालमा 'मंगलदीप सेन्ट ३ इन १' अगरबत्ती सार्वजनिक
nepalsamaya.com · Sun Oct 04 07:23:35 GMT 2026

काठमाडौं- सूर्य नेपाल प्राइभेट लिमिटेडको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्राइभेट लिमिटेड (एसएनभीपीएल) ले नेपाली बजारमा ‘मंगलदीप सेन्ट ३ इन १’ अगरबत्ती सार्वजनिक गरेको छ। एउटै प्याकमा तीनवटा बेग्लै, प्रिमियम र अत्तर (पर्फ्युम) बाट प्रेरित सुगन्धहरू समावेश गरी यो अगरबत्ती बजारमा ल्याइएको हो।
गुणस्तर, नवीनता र उपभोक्ताको बदलिँदो रोजाइलाई ध्यानमा राख्दै कम्पनीले दैनिक पूजापाठ तथा क्रियाकलापहरूमा थप उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। सूर्य नेपालको बलियो आधार, मूल्य र गुणस्तरको मानकका साथ एसएनभीपीएलले नेपाली उपभोक्ताको अपेक्षा पूरा गर्ने गरी अगरबत्ती श्रेणीमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)