महालक्ष्मी विकास बैंकको 'महा सोमबार योजना',दराजबाट सामान खरिद गर्दा एक हजारसम्म छुट
annapurnapost.com · Sun Oct 04 07:19:51 GMT 2026

काठमाडौं : ग्राहकहरूलाई अत्याधुनिक,सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी महा सोमबार'योजना सञ्चालन गर्ने भएको छ । डिजिटल कारोबार प्रबद्र्धन,ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ्ग कारोबारलाई बढावा दिन बैंकले 'महालक्ष्मी महा सोमबार'सञ्चालन गर्न लागेको हो।
योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराजमार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका डेबिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत न्यूनत्तम १९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम ७५० छुट प्राप्त गर्नेछन्। यस्तै क्रेडिट कार्ड लिएका ग्राहकहरूले न्यूनत्तम १९९९ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकत्तम १००० छुट प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)