सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग
khabarhub.com · Sun Oct 04 07:29:18 GMT 2026

काठमाडौं – नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधि सभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सांसद अन्सारीद्वारा नेसनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्य (फ्याकल्टी) का रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको र अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन तथा आवासमा अवरोध सिर्जना गरिएको लगायतका आरोप प्रतिनिधि सभामा उठाइएको विवरण सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)