अब पालिकाबाटै करदाता सेवा
gorkhapatraonline.com · Sun Oct 04 07:30:37 GMT 2026

बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै करसम्बन्धी सेवा पाउने भएका छन् । आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र जिल्लाका नगरपालिका तथा गाउँपालिकाबीच सेवा प्रवाहसम्बन्धी सम्झौता भएसँगै स्थानीय तहबाटै करदाता सेवा सुरु हुन लागेको हो ।
हाल गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट सेवा सुरु गर्ने तयारी गरिएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र तीन वटै पालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको र आवश्यक तयारी भइरहेको छ । पालिकाको नाममा लगइन आइडी निर्माणको काम भइरहेकाले आगामी मंगलबारसम्म सेवा सुरु हुने आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)