दशौँ राष्ट्रिय खेलकुदमा बागमतीका पदक विजेता खेलाडीलाई १ लाखसम्म पुरस्कार
ratopati.com · Sun Oct 04 07:36:14 GMT 2026
काठमाडौँ । बागमती प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को २६औँ विस्तारित बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट सहभागी भई पदक जित्ने खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको हो ।
निर्णयअनुसार स्वर्ण पदक विजेता खेलाडीले १ लाख रुपैयाँ, रजत पदक विजेताले ७५ हजार रुपैयाँ र कांस्य पदक विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । हेटौँडाको गौरीटारस्थित प्रदेश खेलकुद परिषद्को कार्यालयमा बसेको बैठकमा स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले खेलाडीको प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)