महालेखा र सार्वजनिक लेखा समितिको विवादले एक वर्षदेखि रोकियो बेरुजु फर्स्योट
nayapatrikadaily.com · Sun Nov 19 00:42:00 GMT 2023
राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदन प्रक्रियाबमोजिम संसद्मा पुगेपछि महालेखाले सम्परीक्षण गर्न नपाउने सार्वजनिक लेखा समितिको जिकिर, आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको महालेखाको दाबी
सम्परीक्षण सम्बन्धमा महालेखापरीक्षकको कार्यालय र संसद्को सार्वजनिक लेखा समितिबीचको विवादले बेरुजु फर्स्योटसम्बन्धी काम एक वर्षदेखि रोकिएको छ । महालेखापरीक्षक कार्यालयको ६०औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८/७९ सम्ममा कारबाही गरी टुंगो लगाउनुपर्ने अद्यावधिक बेरुजु रकम नौ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदनमा औँल्याइएका बेरुजुको कागज प्रमाण पुर्याएर क्रमशः फर्स्योट गर्नुपर्ने काम समिति र कार्यालयको विवादका कारण ०७९ असारदेखि नै रोकिएको छ । सम्परीक्षणको काम नहुँदा बेरुजु असुल नहुने, प्रमाण लोप हुँदै जाने र अंक बढ्दै जाने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)