मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभु साहको कटाक्ष : चारैतिर घण्टी बजेपनि आवाज केही सुनिएको छैन, सरकार आफ्नै बोझले थिचियो

ratopati.com · Sun Oct 04 08:05:02 GMT 2026

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । बाहिरबाट हेर्दा सरकारको गतिविधि ठिकठाकजस्तो देखिए पनि सार्थक परिणाम भने केही नदेखिएको उनको भनाइ थियो ।

आइतबारदेखि राजधानीको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले सरकार नक्कली, छद्मभेषी र परिणामविहीन बनेको आरोप लगाए । साहले भने, 'चारैतिर घण्टी बजेको छ, तर आवाज कतै सुनिँदैन । संख्या ठूलो छ, तर परिणाम शून्य छ । सरकार आफ्नै दुईतिहाइको बोझले थिचिएको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)