रोनाल्डोले छाडे म्यानचेस्टर युनाइटेड
shilapatra.com · Tue Nov 22 18:28:00 GMT 2022
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड क्लब छाडेका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रेस विज्ञप्ति निकाल्दै रोनाल्डोले क्लब छाडेको जानकारी दिएको छ ।
आपसी सहमतिमा रोनाल्डोले क्लब छाडेका हुन् । क्लबलाई दिएको योगदानप्रति धन्यवाद दिदै युनाइटेडले रोनाल्डोसँगको सम्झौता टुंगिएको जानकारी दिएको हो । रोनाल्डो कै कप्तानीमा पोर्चुगल कतार विश्वकप खेल्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)