गण्डकीमा गाँजा खेतीसम्बन्धी ऐन प्रमाणीकरण, राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आउने
nepalnews.com · Mon Aug 03 12:39:27 GMT 2026

पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्नेसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। प्रमाणीकरणसँगै उक्त विधेयक ऐनमा परिणत भएको छ।
प्रदेश प्रमुख भट्टले यसअघि ८ साउनमा संघीय कानुनसँग बाझिएको भन्दै तीनबुँदे सन्देशसहित विधेयक पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका थिए। त्यसपछि १५ साउनमा बसेको प्रदेश सभाले कुनै संशोधन नगरी विधेयकलाई पुनः सर्वसम्मत रूपमा पारित गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)