रसुवागढी नाकाबाट आयात सुरु
ekantipur.com · Thu Jan 06 16:35:44 GMT 2022
रसुवा — हिमपातका कारण रसुवागढी नाकाबाट एक सातादेखि रोकिएको आयात बिहीबार बिहानबाट सुरु भएको छ । केरुङमा बाक्लो हिमपात हुँदा रसुवागढी नाकाबाट सातादेखि आयात रोकिएको थियो ।
बिहीबार बिहान केरुङबाट समान लोड भएका ७ कन्टेनर रसुवागढी नाकामा आएको सशस्त्र प्रहरी रसुवाले बताएको छ । ती गाडीमा रेडिमेड र जुताचप्पल छन् । त्यस्तै ४ वटा च्यासिस गाडी पनि आएका छन् । एक साताअघि तिब्बतमा लगातार बाक्लो हिमपात हुँदा केरुङबाट रसुवागढी तर्फ आउने कन्टेनर उतै रोकिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)