दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
corporatenepal.com · Mon Aug 03 13:04:51 GMT 2026

काठमाडौं । व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।
गए राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत अदालत पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)