देउवा फेरि उठ्ने
annapurnapost.com · Sun Jun 20 06:30:00 GMT 2021
काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेका छन्। आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर उनले यसबारे अवगत गराएका हुन्।
उनले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरेका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए। प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा. डिला संग्रौलालगायत सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)