विद्यार्थी बढाउने उपाय
ekantipur.com · Mon Feb 26 00:43:43 GMT 2024
पहिला पहिला हिमाली/पहाडी क्षेत्रमा विद्यालय खोल्न स्थानीय समाजसेवीले धेरै दुःख गर्नुपर्थ्यो– ठूला मान्छेको सवारी पर्खनुपर्ने, बिन्तीभाउ गर्नुपर्ने । अनुमति पाएपछि पनि श्रमदानका लागि मान्छे जुटाउनुपर्ने । पछि बिस्तारै विद्यालय जताततै खोलिए । अहिले धेरै विद्यालयका ‘आरसीसी बिल्डिङ’ छन् । इन्टरनेटसहितको भौतिक सुविधा पनि छ तर मान्छे धमाधम बसाइ सर्न थालेका छन् ।
आज पनि नदीको किनार, अनकन्टार खोच, दुर्गम डाँडा र खैराते पाखातिर पाँच/सात घरको समूहमा वास्तविक ‘नेपाली जनता’ बस्छन् । ती गरिब त छँदै छन् । त्यसबाहेक खानेकुरा, खानेपानी र यातायातको सुविधाबाट समेत ती वञ्चित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)