कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा
rajdhanidaily.com · Sun Oct 04 08:37:00 GMT 2026

काठमाडाैं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेकाे हाे ।
शनिबार लोमन्थाङको एक होटलमा बसेको चिनियाँ राजदुतसहितको टोलीमा दूतावासका काउन्सिलर, राजनीतिक तथा सञ्चार विभागका दुई प्रतिनिधिसहितको टोलीले जोमसोममा भेट हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए। प्रजिअ शर्माले भने, ‘‘चिनियाँ प्रतिनिधिहरु जोमसोममा भेटघाटपछि कोरला हुँदै फर्किनुहुन्छ, अनौपचारिक छलफल हुन्छ।’’ चिनियाँ राजदुतसहितको टोलीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल सहितको टोली लोमन्थाङ पुगेर सुरक्षा प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)